मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट ‘खतरामुक्त’

काठमाडाैं | असोज २७, २०८०

मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट ‘खतरामुक्त’

काठमाडौं:    मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।


बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो ।


हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो । दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ ।


हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्